Breaking

कांग्रेसलाई केही दिने सहमति भएको छैन: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले उक्त धारणा राखेका हुन् । प्रधानमन्त्रीलाई कांग्रेसले कुन सर्तमा विश्वासको मत दियो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, कुनै सर्त छैन ।

विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्री दाहालले रक्षा गरेका छन् । ओली र आफूबीच कुनै मतभेद नरहेको पनि उनले दाबी गरे । दाहालले संसद्‌मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ । ती प्रतिबद्धता पूरा गर्ने उर्जा दिएको छ ।