Breaking

प्रतिनिधिसभाको अर्को बैठक माघ ५ गते बस्ने, सोही दिन सभामुखको निर्वाचन पनि हुने


काठमाडौँ— प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट बहुमतले विश्वासको मत पाएसँगै संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठक आगामी ५ गते बिहीबार ११ गते बस्ने जानकारी दिएका हुन् ।

साथै, उक्त दिन सभामुखको चुनाव पनि हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले मंगलबार चुनावको मिति घोषणा गरेका हुन्।