Breaking

रेखा शर्माले सदनबाटै गरिन् देउवाको तारिफ, प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ (भिडियो सहित)


काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताइन् ।

प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो”, उनले भनिन् । सत्ता साझेदार मात्र नभई प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गर्दै उनले सिङ्गो संसद्बाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरिन् ।