Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

शेरबहादुर देउवानै संसद विघटनको गुरू हो: ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवानै संसद विघटनको गुरू रहेको बताएका छन् । मंगलबार संसदमा बोल्दै ओलीले संसद विघटनको गुरू देउवा नै रहेको बताएका हुन् । राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या गर्न नहुने ओलीको भनाइ छ । ‘१५ सालमा बनेको संसदलाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन । २०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो म होइन।

गुरूजी, आफूले कति पटक संसद विघटन गरियो । मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन,’ उनले भने। देउवाले त्यसबेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। संसद विघटन गरेर जनताका जाने काम प्रतिगमन नभएको उनले दोहोर्‍याए ।

यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै सभापति देउवाले सोमबार ओलीले संसदमा गरेको सम्बोधनप्रति ध्यानाकर्षण भएको बताएका थिए । संसद विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्ड पनि संविधानको रक्षाका लागि खरो रूपमा उभिने विश्वास रहेको बताए ।