Breaking

सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री बनेको होइन: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति सुरु गर्दा जस्तो आवेग थियो आजपनि सोही आवेग आफूमा रहेको बताएका छन् । संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफू सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र नआएको बताए ।

हिजो क्रान्ति सुरु गर्दा म सँग जस्तो आवेग थियो। बिचमा केही अलमलिएजस्तो देखिए पनि आज म त्यही आवेग र अठोटका साथ यो रोस्टममा उभिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्ड्याउन मात्र उभिएको होइन । उनले आफू हरेक संसदमा रिपोर्ट कार्डका साथ उपस्थित हुने प्रतिवद्धता जनाए। ‘म विशवास दिलाउँछु, संसदमा म उपलब्धि र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु ।