Breaking

खेलाडीहरु दर्शक भएका छन्, रिङभन्दा बाहिर बसेर हेर्न बाध्य छन् अहिलेको सरकार स्थिर र स्थायी सरकार हो: ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताएका छन् । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न आग्रह गरे । ‘यो सरकार स्टेबल र इफेक्टिब सरकारको रुपमा रहन्छ । राष्ट्रसेवक साथीहरु यो सरकार स्टेबल र परमानेन्ट सरकार हो भन्ने कुरा मनमा राखेर काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।

उनले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै यो सरकार निकम्मा, निष्क्रिय, शिथिल र यथास्थितिमा रहने नभई स्थायी र प्रभावकारी भएको दावी गरे । सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि ओलीले बताए । खाली टेम्पररी एरेन्जमेन्ट होइन, परमानेन्ट सेटलमेन्ट हो’ उनले भने । प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको करिब १८० सांसदको समर्थन रहेको पनि ओलीले बताए ।

कसैले सरकार ढाल्छ कि भनेर सोच्न आवश्यक नरहेको पनि ओलीले बताए । म साथीहरुलाई के भन्न चाहन्छु भने यसभित्र कुनै खेल हुन्छ कि यो सरकार ढाल्छ कि भन्ने नसोच्नुस्’ उनले भने, ‘धेरै धेरै खेलाडीहरु दर्शक भएका छन्, रिङभन्दा बाहिर बसेर हेर्न बाध्य छन् ।