Breaking

परम्परागत राजनीति तोडेर गरे के हुन्न भन्ने यही सदनबाट स्थापित गर्नेछौंः प्रचण्ड (भिडियो सहित)


काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रवेश गरेका नयाँ दलहरुलाई स्वागत गरेका छन् । प्रचण्डले यो पटक प्रतिनिधि सभामा नयाँ दलहरुको प्रवेश भएको बताउँदै नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको उल्लेख गरे । नयाँ दलमा केही गर्ने चाहना र हुटहुटी रहेको भन्दै सो यो संसदको पूँजीको रुपमा रहेको बताए ।

उनले भने– ‘मलाई विश्वास छ तपाईहरुको आवेग रचनात्मक हुनेछ । संसदमा तपाईहरुलाई हृदयदेखि नै स्वागत छ । यो संसदको अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ । केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा गरे के हुँदैन आशा र उत्साह जगाउनुछ ।’ उनले राजनीतिको भावनालाई आर्थिक उन्नतीमा लगाउनुपर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।