अर्थनीति

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार मध्यरातिदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो ।

योसँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल प्रतिलितटर १७८ रुपैयाँ थियो । यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो ।

आयल निगमका अनुसार हवाई इन्धनको मूल्य पनि घटेको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ घटेर १७० रुपैयाँ कायम गरिएको छ । यसअघि हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर १९० रुपैयाँ थियो ।