Breaking

अर्थतन्त्रमा चुनौती थपिएको राष्ट्रपतिको भनाई


काठमाडौँ— राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसकिदा अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले अर्तथन्त्रमा देखिएको तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पदानमुकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको बताइन् ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण छ । पूँजी परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको राष्ट्रपतिको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्ने राष्ट्रपछि भण्डारीको भनाइ छ ।