समाचार

समाजसेवामा नथाकेका आयन, बालबालिका देखि वृद्धसम्मको सारथी


काठमाडौँ – मानव कल्याण निमित्त आत्मबोध भएर समाज कल्याणका लागि अघि बढ्ने हातहरू साँच्चै नै पवित्र छन् । यो भागदौडको व्यस्त जिन्दगीमा केही समय निकालेर अरूका निम्ति सोच्नु र यथासक्य सहयोग गर्नु नितान्त पृथक अभियान हो । यसरी अघि बढ्ने अभियानको संवाहक बनेकाछन् , युवा व्यवशायी तथा समाजसेवी श्रीकृष्ण श्रेष्ठ (आयन) ।

उनको जन्म २०५४ साल असार १५ गते हालको बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ चुनिखेलमा पिता भाइलाल श्रेष्ठ र आमा कान्छी श्रेष्ठको कोखबाट जन्म भएको हो ।

श्रेष्ठको प्रारम्भिक शिक्षा चुनिखेल स्थित पिक प्वाइन्ट एकेडेमीबाट सुरु गरेका थिए । हाल उनि बूढानीलकण्ठ नेवा पुचःका अध्यक्ष तथा लायन्य इन्टरनेशनल डिष्ट्रिक ३२५ डी अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः का चार्टर प्रेसिडेन्ट पनि हुन ।

मूलत आज भोलि अपबाद बाहेक कमै मात्र मान्छेले समाज सेवामा रुची राख्छन् । र यो पनि सत्य हो समाज सेवाको बाटो अपनाउनु साधारण विषय बस्तु मात्र हैन यो त एउटा आदर्श पनि हो ।आदर्शले निर्माण गरेका विचारमा उद्वेलित भएर अगाडी बढ्ने शाहस गर्नु निकै ठूलो निर्णय हो । यस्तो निर्णय चिर कार्यान्वयन गर्ने दिशामा आयन श्रेस्ठ अगाडी बढ्दै छन । जसले आजको बदलिदो समयमा मानिसहरुमा समाज सेवाको भावना प्रेरित गराउन पनि प्रेरणा मिल्ने छ ।

सानैदेखि दयालु स्वभाबका आयन जसले मानिसहरुको दुःखहरु देख्दा उनलाई पिडा हुन्थ्यो । सडकमा हिडेका बालबालिका देख्दा उनको मनमा नरमाइलो महशुस हुन्थ्यो । उनीहरुको कलिलो मस्तिष्कलाई शिक्षाको उज्यालो प्रकाश प्रज्वलित गराउने उनको बिचार सानैदेखि पलाएको हो ।

जब उनी कक्षा १० पास गर्ने वित्तिकै आफै ब्यबसायिक रुपमा आय आर्जन गर्न थालिसकेका थिए । कमाएको केही रकम जम्मा गरेर बिद्यालयको काखमा खेल्न नपाएका विद्यार्थीहरुलाई आफुले सकेसम्म कलम, कापी किनेर दिन थालेका थिए । यो कार्य समाजका उदाहरणिय मात्रै बनेन उनका साथीहरु समेत सहभागी भए ।

उनका साथी विकास अमित मिलेर स्कुलहरुमा भ्रमण गरि विद्यार्थीहरु जो साधारण कापी कलमसम्म किन्न सक्दैनथे, त्यस्ता विद्यार्थीहरुलाई उनीहरुले शैक्षिक सामाग्री सहयोग गर्न थालेका थिए । यसै क्रममा उनीहरु मिलेर बूढानीलकण्ठ नेवा पुचः नामक संस्था गठन गरेकाछन् । संस्था दर्ता भएर विधिवत रुपमा अगाडि बढेको छ । २५ बर्षे युवा आयन श्रेष्ठले आफ्नो व्यबसायिक कामबाट बचेको समय समाज सेवामा खर्ची रहेका छन ।

विभिन्न बोर्डिङ्ग र सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरुलाइ आफ्नो निजी र संस्थाको सहयोगमा यति बेला शिक्षा दिइरहेकाछन् । आयन आफुले कमाएको केही प्रतिशत रकम साजाजिक काममा खर्च गर्नु पर्छ भन्ने मनशायले अभिप्रेरित छन् । जुन कुरा उनले समाजमा सामाजिक कार्य गरेर पनि उदाहरणीय कार्य गरेकाछन् ।

नेपालमा रहेका शिक्षाबाट बञ्चित गरिब, दुखी तथा सडकमा अञ्जान अबोध बालबालिकालाई सुन्दर भबिष्यको गोरेटोमा हिडाउन सबै सचेत नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्ने उनको तर्क रहेको छ । यदि सबैले समाजको लागि आफुले कमाएको थोरै रकम मात्र खर्चिने हो भने यस्ता खालका समस्या समाधान हुने उनको बिश्वास रहेको छ ।

समाजका विभिन्न ब्यक्तिहरुको सहयोग तथा सुभेच्छा, माया पाउन थालेको महशुस गरिरहेका उनी समाज सेवाको महान कार्य अगाडि बढाउनका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षा गर्छन । यो कार्य बास्तबमै समाजको लागि अनुकरणीय मात्रै छैन समाजका लागि प्रेरक पनि छ । उनी जस्ता युवाको कामलाई हामी सबैले सम्मान र सहयोग गर्नु पर्छ ।

जेष्ठ नागरिक बालबालिका र विपन्नको लागि खुलेरै समाजिक सेवामा देखिएका आयनले कोभिड संक्रमणको बेला ७ दिने फुड बैंकनै संचालन गरे । तत्कालिन समयमा कोभिड पीडित झण्डै पाँच सयले फुड बैंक मार्फत राहत लिए । साममाजिक कामको लागि रति भर कन्जुस्याई र अल्छि नगर्ने श्रेष्ठ युवा जमातमा पनि लोकप्रिय छन् ।