Breaking

नेपाल आइपुगे नवनियुक्त चिनियाँ राजदूत


काठमाडौँ – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौँ आएका छन् ।

आइतबार काठमाडौँ आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् ।

चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ फर्केको एक महिना पछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतको निधो गरेको हो । चेन नेपालका लागि २२औं चिनियाँ राजदूत हुन् ।