Breaking

नेसपा राजनीतिक समितिको बैठक बस्दै


काठमाडौँ – नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बिहान ११ बजेदेखि बैठक शुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ ।

समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै सम्वादको लागि वार्ता समिती पनि गठन नेसपाले गठन गर्ने गर्ने छ ।

माओवादी केन्द्र र नेसपा एकताको तयारी पूरा

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनिती लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए।

यसअघि शनिबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको थियो ।

भेटमा दुई पार्टीबीच एकता, यही पुस २६ गते सरकारलाई विश्वासको मत दिने र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको ९नेसपा० का नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ ।