Breaking

विश्वासको मत जुटाउन प्रधानमन्त्रीको दौडधुप, सानादल अनिर्णीत बन्दा संशय


काठमाडौँ — प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे छलफल गर्न बसेको सर्वदलीय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलभएको छ । छलफलमा प्रतिनिधिसभाको पहिलो बैठकमा दलीयआधारमाबोल्न समय दिने निर्णयपनिभएको छ । सातदलीय गठबन्धन यतिबेला भागबन्डा कसरी मिलाउने र सहजीकरण गर्ने भन्नेमालागिपरेको छ । सो गठबन्धनले हरेक विषयमा साझाधारणाबनाउनविभिन्नतःत्तनिकायका बैठक र छलफल चलाईनै रहेको छ ।

सोही रणनीति अनुरुपआह्वानगरिएको सर्वदलीय बैठकमा प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारेएजेन्डा तय भएका छन । यस्तै प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले लिने विश्वासको मतकाविषयमापनिसाझाधारणा तय भएको छ । बैठकमामाघ गते सभामुखको निर्वाचन गराउने तयारीकाविषयमा समेत छलफल भएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) ले सबै राजनीतिकदलहरुलाई प्रधानमन्त्रीपुष्पकमलदाहाल नेतृत्वको सरकारलाई विश्वासको मतदिनआग्रहगरेको छ । र विश्वासको मतदिनेमामाओवादीविश्वस्तपनि देखिन्छ ।

बैठकपछि नेकपा (एकीकृत समाजवादी)काअध्यक्षमाधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मितदिने बारेमा निर्णय गर्ने बताएका छन । सरकार कुन ढंगले अगाडि बढछ ?त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मतदिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो । नेपालले व्यक्तिगत रुपमाप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डप्रति सकारात्मकधारणा राखे ।

यतालोकतान्त्रिक समाजवादी पार्टीले भने सरकारमा सहभागीकुनै पार्टीहरुले पनिआफूलाई विश्वासको मतदिनआग्रहनगरेको बताएको छ । लोसपालेविश्वासको मतअहिलेको सरकारलाई दिने वानदिने भन्नेबारेमाकुनै निर्णय गरिसकेको छैन । आफ्नै अहंकारले सत्ताविहिनभएको काँग्रेस भने बैठकमा सहभागिभएको थिएन । दोश्रो सर्वदलीय बैठक पुस २६ गते ११ बजे गर्ने निर्णय भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बस्दैछ ।