Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना मजदुरको मृत्यु


काठमाडौँ — पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नं.५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नं।५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाईते छन् । वीरगञ्ज नारायणी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम छ । बहुदरमाई नगरपालिका वडा नं.४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भ¥याङ बनिरहेको थियो ।

भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो । अन्य कामदार र स्थानीय प्रहरी चौकी डकैलाबहुअरीको प्रहरी टोलीले उद्धार गरेर उपचारको लागि पठाएका थिए । घाइते मध्ये राजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।