Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एजेण्डा तय गर्न सर्वदलीय बैठक बस्दै


काठमाडौँ— प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन् ।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।