काठमाडौँ— काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको सवारीसाधनको कागजपत्रको प्रतिलिपि सिफारिस अब अनलाइनमार्फत पाउन सकिने भएको छ ।
कार्यालयले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै अङ्ग्रेजी नयाँ वर्ष २०२३ बाट यो सेवा सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत सवारी चालक अनुमतिपत्र लाइसेन्स, सवारी दर्ता किताब ब्लु बुक र सवारी इजाजतपत्र हराएमा सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारिक वेबसाइटमार्फत सम्बन्धित व्यक्तिको परिचयपत्रको प्रतिलिपिसहित अनलाइन फारम भर्नुपर्ने हुन्छ ।
अनलाइन फारम भरेको ७२ घण्टापछि अनलाइनमार्फत नै हराएको कागजपत्रको सिफारिस उपलब्ध गराइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधा लागू गरिएको महाशाखाको भनाइ छ ।
प्रतिक्रिया