Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

रुसी राष्ट्रपतिले दिए ३६ घण्टाका लागि युद्धविरामको आदेश


काठमाडौँ— राष्ट्रपति भ्लादिमिर पुटिनले ३६ घण्टाका लागि युद्धविरामको आदेश दिएका छन् । युक्रेनमा क्रिसमस मनाउन दिन उनले युद्धविरामको आदेश दिएका हुन् ।

उनको आदेशसँगै दुई देशबीच जनवरी ६ देखि ७ सम्म युद्ध हुनेछैन । पुटिनले रुसी रक्षा मन्त्रीलाई युक्रेनमा युक्रेनमा स्थानीय समयअनुसार शुक्रबार मध्यरातदेखि शनिबार मध्यरात अर्थोडक्स क्रिस्चियन क्रिसमसको साथमा युद्धविराम लागु गर्न निर्देशन दिएका हुन् ।

अर्थोडक्स क्रिसमस जुलियन क्यालेन्डर अनुसार जनवरी ७ मा मनाइन्छ । यता युद्धविराम बारे युक्रेनबाट कुनै प्रतिक्रिया आएको छैन । जसले बिहीबार रूसी अर्थोडक्स चर्चको प्रमुखको आह्वानलाई निन्दनीय जाल भन्दै युद्धविरामलाई अस्वीकार गरेको थियो।