Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

काठमाडौँ प्रशासनमा ‘टाइम कार्ड’ लागु


काठमाडौँ— जिल्ला प्रशासन कार्यालय काठमाडौँले दैनिक सेवा प्रवाह छिटो छरितो गर्न टाइम कार्ड लागु गरेको छ । बिहीबार मध्याह्न १२ बजेदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइम कार्ड लागु गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टाइम कार्ड लागू भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका थिए । जिल्ला प्रशासन कार्यालयले १० वटा सेवामा ‘टाइम कार्ड’ लागु गर्ने घोषणा गरेको भए पनि कहिलेदेखि लागु गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार बिहीबारदेखि संस्था नवीकरण, मुद्दाको पेसी ३० मिनेट तथा नयाँ नागरिकता वितरण तथा नाबालक परिचयपत्र वितरण एक घण्टाभित्र वितरण गरिसक्ने गरी टाइम कार्ड लागु गरिएको छ । यस्तै राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेट र मुद्दाको फैसला ६० दिनभित्र गर्ने गरी समय तोकेको भए पनि लागु हुन केही समय लाग्ने भएको जनाइएको छ ।