Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

शीतलहरले तराई-मधेशको जनजीवन प्रभावित


काठमाडौँ – दुई/तीन दिनदेखि बढेको शीतलहरले तराई-मधेसको जनजीवन प्रभावित बनेको छ । हाल नेपालगञ्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यी क्षेत्रमा अझै १–२ दिन सम्म तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुने विभागले जारी गरेको शीतलहर विशेष बुलेटिनमा उल्लेख छ । विभागका अनुसार विगत ३ दिनदेखि मध्य तराईमा दिनभरजसो हुस्सु र कुहिरो लागेको अवस्था छ ।

बिहीबार प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । पहाडी भू-भागमा आंशिक बदली रहनेछ । उनका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहे पनि तत्काल वर्षाको सम्भावना छैन ।

बिहीबार बिहानकाठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ ।