Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

विमान भित्रै वृद्ध महिलाको शरीरमा पिशाब फेरेपछि…


काठमाडौँ — अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्ली आइरहेको एयर इण्डियाको उडानमा रक्सीले मातेका एक व्यत्तिले वृद्ध महिलाको शरीरमा पिशाब फेरेका छन् । एक महिना पुरानो यो घटना हालै मात्र सार्वजनिक भएको हो । घटनाको समयमा ती महिला विमानको बिजनेश क्लासमा थिइन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार घटनाबारेमा एयर इण्डियामा उजुरी परेको छ र उसले छानबिन पनि गरेको छ । छानबिन समितिले ती पुरुष यात्रीलाई विमानमा यात्रा गर्न रोक लगाउनका लागि सिफारिस गरेको छ । एयर इण्डियाका एक कर्मचारीका अनुसार न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ नोभेम्बरका दिन दिल्लीका लागि उडेको विमानमा यो घटना भएको हो ।