Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कांग्रेस संसदीय दलको बैठक शनिबार


काठमाडौँ— नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

पुस २५ गते सोमबार बस्ने प्रतिनिधिसभाको बैठकलाई दृष्टिगत गर्दै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस २३ गते शनिबार दिउँसो १ बजेका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने जानकारी दिनुभयो ।

त्यस्तै, पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक ६ दिन पर सरेको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो । उहाँका अनुसार पुस २८ गते बिहीबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्नेछ ।