Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

दाङको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना


काठमाडौँ – कोरोनाको नयाँ भेरियन्टबाट संक्रमणको जोखिम बढ्दै गएपछि दाङको गढवा गाउँपालिकाले भारतसँगको सीमा नाका कोइलाबासमा कोरोना चेकजाँच हेल्थडेस्क स्थापना गरेको छ ।

मंगलबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेल्थडेस्क स्थापना गरेका हुन् । भारतबाट नेपाल भित्रिनेहरुमा कोरोनाका सम्भावित लक्षण छन् कि छैनन् भनेर परीक्षण गर्न हेल्थ डेस्क सञ्चालनमा ल्याइएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकाबाट भारतसँग जोडिएको सबैभन्दा नजिकको नाका कोइलाबास हो । लमही बजारबाट कोइलाबाससम्मको दुरी जम्मा साढे ३३ किलोमिटर छ जबकी कपिलवस्तुको कृष्णनगर पुग्न ८० किलोमिटर र बाँकेको नेपालगञ्ज पुग्न १२५ किलोमिटर दुरी पार गर्नुपर्छ ।

भारतको तुलसीपुरसँग जोडिएको दाङको कोइलाबास विगतमा दाङ र त्यस आसपासका जिल्लाका लागि मुख्य व्यापारिक नाका थियो ।