Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा आज अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मतसमेत लिने कार्यक्रम छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ८ जना मन्त्री बनाए पनि बाँकी मन्त्रीहरू बनाएका छैनन् । सत्ता साझेदार दलभित्र भागबन्डा मिल्न बाँकी छ। विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।