काठमाडौँ — प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले र माया राईले आज मङ्गलवार पद तथा गोपनीयताको शपथ लिएका छन । आले र राईले आज दिउँसो सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा शपथ लिएका हुन् ।
गएको पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई सहभागी थिएन । आले पारिवारिक शोकमा र राई अस्पतालमा थिए । आले र राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ ग्रहण गराएको हो ।
प्रतिक्रिया