Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ । सोमबारबाट सुरु भएको पोलिटब्यूरोको दोस्रो दिनको बैठक केहीबेरअघि सुरु भएको हो ।

सोमबारको बैठकमा नेताहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो । १८ महिनासम्मका सहयात्री प्रचण्डले अघिल्लो आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै बालकोट गएर सम्झौता गरेपछि समाजवादी निराश छ ।

यस्तोमा जारी बैठकमा सरकारमा जानेबारे अनौपचारिक कुरा भए पनि प्रस्ताव नै नआएकाले त्यसतर्फ तत्कालै सोच्न नहुनेमा नेताहरु पुगेका हुन् ।