राजनीति

रास्वपा मकवानपुरका सभापति न्यौपानेलाई कारबाही


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पार्टी केन्द्रले कारबाही गरेको छ ।

रास्वपा केन्द्रीय समितिका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आइतबार राजकुमार न्यौपानेलाई पत्र पठाउँदै पार्टीको जिल्ला सभापतिका रूपमा काम नगर्न निर्देशन दिएका हुन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा न्यौपानेका क्रियाकलाप र आचरणका विषयमा जिल्लास्थित पार्टीका विभिन्न तहका पदाधिकारीको गुनासो, उजुरी तथा कारबाही मागका आधारमा आवश्यक छानबिन, अनुसन्धान गरी अन्तिम निक्र्योल नभएसम्म पदीय हैसियतले कुनै गतिविधि, कार्यमा संलग्न नहुन भनिएको छ।