Breaking

परिवारसहित साउदी आइपुगे रोनाल्डो


काठमाडौँ – क्रिस्टियानो रोनाल्डो साउदी आइपुगेका छन् । अल-नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुँदैछन् । विश्व प्रसिद्ध फुटबलर रोनाल्डो सोमबार अबेर मड्रिडबाट रियादको किङ खालेद अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।

साउदी समय अनुसार राति ११ बजे परिवारसहित आइपुगेका थिए। अल-नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ ।

साउन समय अनुसार साँझ ७ बजे मार्सूल पार्कमा दुई घण्टाको स्वागत समारोह आयोजना गरिएको छ । जहाँ उनले सम्झौतामा हस्ताक्षर गर्नेछन् र प्रशंसक र मिडियालाई सम्बोधन गर्नेछन् । रोनाल्डोले अल-नासरमा कहिले डेब्यु गर्ने भन्ने क्लबले अझै घोषणा गरेको छैन ।

अल-नासरले आफ्नो कदमलाई ‘इतिहास बनाउन’ भनेको छ । यसले साउदी लिगलाई धेरै कोणबाट लाभ मिल्ने बताइएको छ । रोनाल्डो वार्षिक २०० मिलियन यूरो पारिश्रमिक पाउनेगरी तीन वर्षका लागि क्लबमा अनुबन्ध हुने भएका छन् ।