Breaking

नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्दै


काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ ।

काठमाडौँमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो । समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब–करिब सहमतिजस्तै छ । त्यसैले यसमा सहमति हुँदा एकताको बाटोमा हामी जान सक्छौं ।’

गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । सो पार्टीका नेता महिन्द्रराय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।