Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना


काठमाडौँ — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ ।

हिमाली भू-भागमा हल्का हिमपात र तराईका भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।