Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश


काठमाडौँ – रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री महम्मद आफताव आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए।

२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।