Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

घाँस काट्न जंगल गएका ३ जना महिलामाथि वन रक्षकद्वारा निर्घात कुटपिट


काठमाडौँ —बाराको कोल्हवीमा जंगलमा घाँस दाउरा काट्न गएका तीन जना महिलामाथि जिल्ला वन कार्यालयका वन रक्षकले निर्घात कुटपिट गरेका छन् । कोल्हवी ८ की ३० वर्षीया हर्कमाया खड्का, सोही ठाउँकी ३५ वर्षीया सीता श्रेष्ठ र ३९ वर्षीया मैया श्रेष्ठमाथि आइतबार दिउँसो जंगलमै पाँचजना वन रक्षकले कुटपिट गरेका हुन् ।

कुटपिटबाट हर्कमायाको शरीरभरी निलडाम छ भने अन्य दुई महिलामाथि पनि कुटपिटसहित हातपात भएको पीडित पक्षको भनाई छ । पीडित पक्षले दोषीमाथि कारबाहीको माग गर्दै आइतबार साँझ इलाका प्रहरी कार्यालय कोल्हवीमा उजुरी दिन खोजेका थिए । तर, त्यहाँको प्रहरीले उजुरी नलिएको पीडितहरुको भनाई छ । कोल्हवी प्रहरीले उजुरी दर्ता नगरेपछि सोमबार पीडित पक्ष दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा पुगेको छ ।