Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

५ लाख २२ हजारमा बन्यो कालीगण्डकी गाउँपालिकामा पुल


काठमाडौँ — स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित काठेखोलामा पुल निर्माण गरिएको छ। पुल बनाइएपछि यहाँका स्थानीय खुसी भएका छन् । कालीगण्डकी गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिएका छन् । ५ लाख २२ हजार ७१२ रुपैयाँ लगानीमा पुल निर्माण भएको हो। उनका अनुसार गाउँपालिकाले २ लाख ७७ हजार ८१२ र पर्यटन मन्त्रालयले २ लाख ४५ बजेट विनियोजन गरेको थियो । यो पुल १० दिनमा निर्माण भएको हो। हेर्दा सामान्य भएपछि यस पुलले ठूलो राहत मिलेको छ। पुल ५ मिटर लामो छ। साथै वारिपारि केही मिटर पक्की गोरेटो बाटोसमेत निर्माण गरिएको वडाध्यक्ष यादवप्रसाद पाण्डेले बताए । यस पुलबाट ६३ घरपरिवार लाभान्वीत भएका छन्।