Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

पेलेको शव अन्तिम श्रद्धान्जलीका राखिँदै


काठमाडौँ— फुटबलका महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ। दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन्।

भिला बिलमिरोसान्तोष फुटबल क्लबको मैदान हो। पेलेको व्यावसायिक फुटबल करियर सान्तोषबाटै सुरु भएको थियो । विश्व फुटबलको राजा उपनामले परिचित पेलेको क्यान्सरका कारण गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको थियो।पेलेको पार्थिव शरीरलाई रंगशाला लैजानु अघि अस्पतालमा समर्थकको भीड लागेको छ । यसअघिका राष्ट्रपति जाइर बोल्सोनारोले पेलेको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए।

बोल्सोनारोलाई प्रतिस्थापन गरेका लुइस इनासियो लुला दा सिल्भा पनि पेलेको श्रद्धाञ्जलि सभामा उपस्थित हुने बताइए पनि यकिन भने भएको छैन। रंगशालामा हजारौँ मानिस जम्मा हुने अनुमान गरिएको छ। ब्राजिलले राष्ट्रिय सम्पत्ति घोषणा गरेका पेले तीन पटकका फिफा विश्वकप विजेता हुन्। पेलेको भोलि दाहसंस्कार गरिने जानकारी दिइएको छ।