Breaking

संकटमा ओली–माधवको मिलन, दुवै तर्फका नेताले किन बढाइरहेका छन् एकताको दुरी ?


काठमाडौँ— बदलिएको राजनीतिक समीकरणले कम्युनिष्टहरु एक ठाउँमा उभिँदा फुटेको एमाले पनि जोड्ने बारेमा दुवै पक्षका नेताहरु छलफलमा छन् । तर विभाजित दुवै दलका मुख्य नेताहरुको टसलकै कारण तत्काल पार्टी एक हुने सम्भावना क्षण भएको देखिन्छ ।

नयाँ जनादेशसंगै प्रतिनिधिसभामा नेकपा एमाले दोस्रो बरियतामा उभिएको छ । अघिल्लो निर्वाचनमा पहिलो दल बनेको एमाले यस पटक दोस्रो स्थानमा खुम्चिदा पार्टी विभाजन मुख्य कारक बन्यो । एमाले फुटबाट जन्मीएको एकिकृत समाजवादी पार्टी राष्ट्रि दल नै बन्न सकेन । राजनीतिक स्वार्थले बनेको नयाँ सत्ता समीकरणसंगै फुटेका यी दुई शक्ति पुन एकै पार्टीमा विलिन हुन लागेको हो ? यो धेरैको मनमा उब्जीएको प्रश्न हो । एमाले फुटको केन्द्रमा केहीँ न कहीँ प्रचण्ड कारक थिए ।

तर उनै प्रचण्ड प्रधानमन्त्री बनेपछि माधव नेपाल सहितको समूलाई एमालेमा समाहित गराउन प्रचण्डले समेत भूमिका खेलिरहेको बुझिन्छ । तर दुवै पक्षको छलफल तथा तयारीहरुले सार्थकता पाउन सकेको छैन ।एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र ओलीका विश्वास पात्र महेश बस्नेत पार्टी पुनर्मिलन गराउन सक्रियताका साथ लागेका छन् । पार्टी एकीकरण गर्न सके सदनमा आफ्नो पार्टी पहिलो बनाउन सकिने अंकगणित बुझेका एमाले नेताहरु नेपाललाई राष्ट्रपति नै दिएर भए पनि पार्टी एक गराउनेमा सकारात्मक देखिएका हुन् । तर एकीकृत समाजवादी भने पार्टी एकताको चर्चा भ्रम भएको बताइरहेका छन् । बरु आफूहरु पार्टी पुनर्गठन महाअभियान थाल्न तयार रहेको समाजवादीका नेताहरुको भनाई छ ।

नेकपा एमाले भित्रका एक पक्ष पार्टी एकीकरणमा खुलेरै लाग्दा अर्का थरि भने पार्टी एकताको विपक्षमा छन् । एमाले फुटेकै कारण प्रभावशाली नेताहरु संसदबाट बाहिर बस्नु पर्दा सत्ता सहयात्रा भए पनि पार्टी नै एकीकरण हुन नसक्ने सार्वजनिक मञ्चबाट बोलिरहेका छन् । पार्टी फुटेपछि हार व्योहोरेको उपमहासचिव प्रदीप ज्ञवाली एमालेले विभाजन गर्नेलाई नबिर्सिएको तर्क गर्छन् । त्यसको सारांश उनी पार्टी फुटाउनेहरु प्रति रुष्ट छन् ।

सत्ता सहयात्राका लागि प्रधानमन्त्री प्रचण्डले नेकपा एसलाई रस्साकस्सी गरेता पनि तत्कालका लागि पार्टी एक हुने वातावरण छैन । सरकार तालमेलका लागि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने तर, पार्टीलाई भने पुनर्गठन महाअभियानमा लाने अभिव्यक्तिले फुटेको एमाले जुट्ने सम्भावना क्षीण छ । सत्ताका लागि मात्रै एक भए जस्तो देखिए पनि पार्टीभित्रै एक हुन भने सकस देखिन्छ ।