Breaking

२०२३ को आवागमन, देशैपिच्छे नयाँ वर्षलाई स्वागत गर्ने अनौठो चलन


काठमाडौँ— ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा विश्वभर विविध कार्यक्रम आयोजना गरिएका छन् । जोश र उमंगका साथ नयाँ वर्ष मनाउने गरिन्छ । तर, देश र संस्कृति अनुसार नयाँ वर्ष मनाउने चलन भने फरक–फरक रहेको छ ।

विश्वका विभिन्न मुलुकमा भएका अभ्यासलाई हेर्ने हो भने नयाँ वर्षमा आफन्तजन, साथीभाई भेला भएर खुसी साटासाट गरेर नयाँ वर्ष मनाइन्छ । मेला, महोत्सवसहित रमाइलो गर्ने र शुभ कार्य गर्ने चलन छ । तर, देश अनुसार नयाँ वर्ष मनाउने चलन फरक–फरक छ ।

अमेरिकामा नयाँ वर्ष मनाउनको लागि टाइम्स स्क्वायरमा जम्मा भएर आतिशवाजी गर्ने चलन छ । नयाँ वर्षको काउण्टडाउन सहित केही कुरा आकाश तिर फाल्ने र नयाँ वर्ष शुरु हुँदा उक्त वस्तु भुँईमा झर्दा भाग्यमानी हुने उनीहरुको विश्वास छ । ब्राजिलमा नयाँ वर्षलाई स्वागत गर्ने अनौठो चलन छ । ब्राजिलमा नयाँ वर्षमा फरक तरिकाले दाल पकाएर खाने गरिन्छ । दाललाई धन दौलतको प्रतीकको रुपमा चिनिन्छ । दाल खाँदा नयाँ सालमा समृद्धि मिल्ने ब्राजिलियनको विश्वास छ ।
दक्षिण अमेरिका लगायतका केही देशमा नयाँ वर्षको इभमा खुला ठाउँमा सुटकेश लिएर घुम्ने गर्छन । घुमफिरमा सौखिन दक्षिण अमेरिकीहरु नयाँ वर्षमा घुमफिर गरेर वर्षभरि त्यसरी नै रमाउन पाउने विश्वास गर्छन । अर्जेन्टिनामा नयाँ वर्षको अघिल्लो रात अजर्नेन्टिनीहरु झयालमा बसेर कागजका टुक्रा च्यात्दै बाहिर फाल्ने गर्छन । यसरी बाहिर फाल्दा विगतलाई फालिने उनीहरुको विश्वास छ ।

चिनियाँहरु नयाँ वर्षलाई खुसी र भाग्यको रुपमा लिने गर्छन । उनीहरु नयाँ वर्ष ढोका अगाडि रगं छ भने रातो रगंका उपहार साट्छन् । डेनमार्कमा घरको दैलो अगाडि पुराना भाँडाकुडा फोड्ने गर्छन् । यसरी फोडेका भाँडाकुडा साथी तथा आफन्त आएर उठाउने गरिन्छ । यसरी सामान उठाउँदा आफन्तसँग दुःख साटिने उनीहरुको विश्वास छ ।

स्पेनमा स्पेनिसहरु मध्यरातको १२ बजे १२ वटा अंगुर हातमा लिएर दौडिन्छन् । यसरी १२ बजे १२ अंगुर लिएर खुसी साट्दा अबका १२ महिनामा भाग्य र खुसी थपिने आम विश्वास रहेको पाइन्छ ।
इटलीमा पुराना बस्तु झ्यालबाट बाहिर फाल्छन् । पुराना बस्तुको प्रतीकको रुपमा केही सामाग्री बाहिर फाल्दा नयाँ कुरा भित्रयाउन सकिने उनीहरुको विश्वास छ ।

रोमानियामा नयाँ वर्षलाई स्वागत गर्न भालु बन्ने परम्परा छ । उनीहरु नयाँ वर्षमा भालु जस्तै रगंको कपडा लगाएर सडकमा नाच्ने गर्छन । यसबाट खराब आत्माबाट मुक्ति मिल्ने उनीहरुको विश्वास छ । रोमानियामा भालुलाई रक्षा कवचको रुपमा पनि लिइन्छ ।

दक्षिण अफ्रिकामा नयाँ वर्षको अघिल्लो रात कम आवश्यकताका पुराना सामान घरबाट बाहिर निकाल्ने र नयाँ वर्ष सुरु भएसँगै भित्र्याउने चलन छ । त्यसरी भित्र्याउँदा नयाँ शौभाग्य र नयाँपन महसुस हुने उनीहरुको विश्वास छ ।
नयाँ वर्षलाई स्वागत गर्ने जापान र दक्षिण कोरियाको साझा परम्परा छ ।

नयाँ वर्षलाई स्वागत गर्न ती देशमा अघिल्लो रात सामूहिक घण्टी बजाउने चलन छ । जापानमा १०८ पटक घण्टी बजाउनुपर्ने मान्यता छ । इरानीहरु नयाँ वर्ष आगोमा हाम फालेर मनाउने गर्छन् । यसरी आगोमा हाम फाल्दा अघिल्ला वर्षका चुनौतीहरुलाई पार गरिने उनीहरुको विश्वास छ ।

नेपालमा पनि इस्वी संवतको नयाँ वर्ष मनाउने प्रचलन बढेको छ । नयाँ वर्ष मनाउन नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको छ ।