विदेश

फिलिपिन्समा एकै दिन २६ जनाको मृत्यु


काठमाडौँ— फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ ।

दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट शनिबार मात्र २६ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य विभागले जानकारी दिएको हो । विभागकाअनुसार शनिबार त्यहाँ कोभिडबाट ५९१ जना संक्रमित देखापरेका थिए ।

यो समेत गरी त्यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक संक्रमित भएको बताइएको छ । फिलिपिन्समा अहिले सक्रिय संक्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने संक्रमितको संख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।