विदेश

कोरोनाभाइरस नियन्त्रण खुकुलो भएसँगै बिरामीको सख्या पनि बढ्यो, एम्बुलेन्समा राखेर अक्सिजन दिनुपर्ने बाध्यता


काठमाडौँ — छिमेकी मुलुक चीनमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै विश्वभर फेरिमहामारी फैलने आशङ्का बढ्को छ ।यसै महिनाको प्रारम्भमा कोरोनाभाइरस नियन्त्रणमा सरकारले लचिलो नीति अपनाएसँगै बिरामीको संख्या पनि बढेको हो । चीनमाकोभिडको नयाँ भेरियन्ट बिएफ –७ को संक्रमण बढेसंगै पुन कोभिड संक्रमण तीब्र गतिमा फैलिन थालेको छ । एकै दिन एउटै सहरमा एक लाखलाई संक्रमण भएका विवरण सार्वजनिक भएको छ ।

कोभिडका बिरामी बढेसँगै ज्वरोको औषधि र ‘एन्टिजेन’ परीक्षण ‘किट’ पाउन पनि कठिन भएको छ भने केही स्थानमा औषधिको अभाव समेत भएको छ । कोभिडका कारण बिरामीहरुमा निमोनिया र श्वासप्रश्वासको विफलता देखापरेको छ । अस्पतालको आकस्मिक विभाग तथा ज्वरो क्लिनिकमा लाइन नै लागेको छ भने अधिकांशलाइ एम्बुलेन्समा राखेर अक्सिजन दिनुपर्ने बाध्यता सिर्जना भएको छ । कोभिडका बिरामीहरूको संख्या प्रति दिन ४५० देखि ५५० सम्म पुग्ने गरेको छ । बिरामीहरुको चाप बढेसँगै कतिपय सहरहरू औषधि अभावसँग संघर्ष गरिरहेका छन् । बिरामीहरुलाई भुईमानै राखी अटोमेटेड मेसिनद्वारा सिपीआर दिन परिरहेको छ ।

बिरामीहरुको अत्याधिक चाप बढेसँगै डाक्टर एक्कासी बेहोस हुने समस्या पनि त्यहाँ देखिएको छ । यससँगै चीनमा कोरोनाले पुन राष्ट्रव्यापी प्रकोपको रुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । यससँगै अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण गरी नेगेटिभ नतिजा आएको हुनुपर्ने अनिवार्य गरेको छ । यो नियम जनवरी ५ बाट लागु हुने बताईएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण नतिजा देखाउन अनिवार्य गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरूले दुई दिनभित्र गरेको कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने र उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्ने छ । चीनले अगिल्लो हप्तादेखि आफ्ना सीमा खोल्ने घोषणा गरेसँगै चीनका मानिसले विदेश भ्रमणमा जान ठूलो संख्यामा बुकिङ गरिरहेका छन् । तीन वर्षको प्रतिबन्धपछि, चीनले जनवरीबाट यात्रा नियमहरू खुकुलो गर्ने घोषणा गरेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण बढ्दै गएपछि धेरै देशले भने चीनबाट आउने यात्रुका लागि नियम कडा बनाएका छन् ।

अमेरिकाबाहेक इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि नियम परिवर्तन गरेका छन् । कोभिड संक्रमण दर बढ्न थालेसँगै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने चीनले उल्लेख गरेको छ । त्यस्तै कोभिडका कारण करिब दुई करोड मानिस कामविहीन भएका छन् ।

त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ । डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट छ । विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट रहेको छ । विभिन्न देशले भिन्नभिन्न रुपमा मापन गर्ने तथा तथ्याङ्क राख्ने कारण सही मापन गर्न कठिन भएको हो ।