देश

शेर्पा चलचित्र संघको पहिलो अधिवेशन पुस २३ गते हुँदै


कामाडौँ — शेर्पा चलचित्र संघको पहिलो अधिवेशन पुस २३ गते हुने भएको छ । सो कार्यक्रम काठमाडौँको नाराणनटार स्थित नेपाल शेर्पा संघको भवनमा हुने भएको छ । नेपालमा रहेको ५९ आदिवासी जनजाति मध्येको गौरवमय ईतिहास बोकेको एक प्रमुख जाति हो । नेपाललाई विश्वमा परिचित गराउन अहम भुमिका निभाउन सफल यस जातिको आफ्नै भाषा भेषभुषा कला संस्कार संस्कृति र रहन सहन रहेको छ ।

शेर्पा भाषाको चलचित्रको माध्यमबाट यी अमुर्त सम्पदाहरुको संरक्षण संवद्र्धन विकास दस्तावेजिकरण गर्ने र शेर्पा चलचित्रकर्मीहरुको हकहित र अधिकार प्राप्तिको मुख्य उदेश्य लिएर शेर्पा चलचित्र संघ नेपाल नामक संस्था २०७८ गठन गरिएको संस्थाका उपाध्यक्ष छोङवा शेर्पा (रिन्छेन)ले जानकारी दिनुभएको छ । उक्त कार्यक्रम नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के.सीको प्रमुख अतिथिमा हुने भएको छ । कार्यक्रम पुस २३ गते हुने छ ।