विदेश

कम्बोडिया क्यासिनोमा आगलागी मृत्यु हुनेको संख्या २६ पुग्यो


काठमाडौँ — कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बिहीबार राति ११ः ३० बजे आगलागी भएको थियो ।

यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् ।