Breaking

माधवकुमार नेपाललाई धोका


काठमाडौ— एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट पारेका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारिक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताए । उहाँले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुचि पनि नरहेको स्पष्ट पारे । उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुचि वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए ।