Breaking

सिंहदरबारमा सहज प्रवेशबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ ।बालुवाटारमा भएको भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे छलफल भएको बताएका छन् ।

सरकारले सिंहदरबार प्रवेशका लागि नागरिकलाई झण्झटिलो व्यवस्था गरिएकोले त्यसमा सहज प्रक्रियाको व्यवस्था मिलाउने तयारी गरिरहेको संयोजक दीपक बोहराले जानकारी दिए ।