Breaking

बेन्जामिन नेतन्याहु बने इजरायलको ३७ औं प्रधानमन्त्री, आफ्नै नेतृत्वमा इजरायलले विकासमा फड्को मार्नेे दाबी


काठमाडौँ — नेता बेन्जामिन नेतन्याहु इजरायलको ३७ औं प्रधानमन्त्री बन्न सफल भएका छन् । छैटौं पटक प्रधानमन्त्रीमा शपथ लिँदै गर्दा नेतन्याहुले शान्ति पछ्याउँदै नागरिक अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् । बेन्जामिन नेतन्याहु इजरायलको ३७ औं प्रधानमन्त्री बनेका छन् । अस्थिर राजनीति र कुनै पनि दललाई बहुमत प्राप्त नहुने क्रम दोहोरिरहँदा दुई वर्षअघि अचानक नेतन्याहुको हातबाट सत्ता गुमेको थियो । पछिल्लो हारसँगै उनले चुनाव हार्नु लोकतन्त्रको अन्त्य नभएको भन्दै कम्बायक गर्ने उल्लेख गरेका थिए । उनले भारी हृदयका साथ आगामी गठबन्धनमा फर्कने घोषणा गरेका थिए ।

आगामी सरकारको बाटोमा आफु अघि बढे त्यसको केही समयमै साउदीसँग सम्झौता गर्नेपनि उनले उल्लेख गरेका थिए ।आफ्नै दाबी मुताविक विहीबारउनी प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसद्का १२० मध्ये ६३ सांसदको समर्थन पाएका छन् भने ५४ सांसदले उनको सरकारको विपक्षमा मतदान गरेका छन् । योसँगै नेतान्याहु छैटौ पटक इजरायलको प्रधानमन्त्री बनेर कीर्तिमान बनाएका छन् । यो विश्व इतिहास पनि नयाँ भएको इजरायलका सञ्चारमाध्यमले जनाएको छ । नेतान्याहुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

अति दक्षिणपन्थी सहयोगीहरूसँगको गठबन्धनमा सत्तामा फर्किएका उनले आफ्नो सरकारका ३ राष्ट्रिय लक्ष्यहरू रहेको घोषणा पनि गरेका छन् । आणविक हतियारमा इरानको प्रगतिलाई रोक्ने, देशभर बुलेट ट्रेनहरू चलाउने र अब्राहम सम्झौतामा थप अरब राष्ट्रहरूलाई सहभागी बढाउने उनको राजनीतिक एजेन्डा रहेको छ । आफुलाई मतदान गर्ने र नगर्ने दुबैलाई सेवा गर्नु आफ्नो दायित्व भएको बताउँदै नेतान्याहुले शान्ति पछ्याउने र नागरिक अधिकारको रक्षा गर्ने तथा देशको लोकतान्त्रिक संस्थाहरूलाई खतरामा पार्न सक्ने न्यायिक प्रणालीको व्यापक सुधारका लागि प्रयत्न रहने प्रतिबद्धता जनाएका छन् ।

नयाँ सरकारले इजरायलको भूमिमा सबै क्षेत्रहरूमा विशेष र निर्विवाद अधिकार रहेको हुदाँ कियहूदी जनताको कब्जा भएको वेस्ट बैंकका बस्तीहरू विकास गर्ने बताएका छन् । धेरैजसो अन्तर्राष्ट्रिय समुदायले बस्तीहरूलाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत गैरकानूनी मानदछन् , जसलाई इजरायलले भने विरोध गर्दै आएको छ । प्रधानमन्त्री पदको सपथ लिए लगत्तै उनले इजरायल जनताको माया र मोहले आफू पटक–पटक प्रधानमन्त्री बन्न सफल भएको पनि बताएका छन् ।

उनले आफ्नै नेतृत्वमा इजरायलले विकासमा फड्को मार्ने दाबी पनि गरेका छन् । नेतन्याहु प्रधानमन्त्री भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक सन्देश पठाएर बधाई दिएका छन्। उनले नेतन्याहुको सरकारले इजरायल तथा मध्यपूर्वी देशमा शान्ति स्थापनाका लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरका छन् ।