Breaking

गुरुङ समुदायले मनाए तमु ल्होछार,हे ल्हो’ (बिरालो वर्ग) सुरु


काठमाडौँ — आज गुरुङ समुदायको मुख्य चाड तमु ल्होछार, उपत्यकासँगै गुरुङ समुदायको बाहुल्यता रहेको क्षेत्रहरुमा धुमधामका साथ विभिन्न कार्यक्रम गरी तमु ल्होसारमनाइएको छ । गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘ हे ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेका छन । गुरुङ समुदायले तमु ल्होछार धुमधामका साथ मनाएका छन । पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षको स्वागतमा हरेक वर्ष पुष १५ लाई तमु ल्होछारको रुपमा मनाउदै आइएको छ । राष्ट्रिय चाडको रुपमा मनाइने गरेको ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ । ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ ।

पुरानो वर्षको अन्त्य र नयाँ वर्षको आगमनको रुपमा ल्होछार मनाउने गर्दछ । विभिन्न १२ वटा जीवजन्तु र पशुपंक्षीको नामबाट वर्ग छुट्टयाइएको हुन्छ । यो वर्ष गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘ हे ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेका छन । ल्होछारको अवसरमा टुडिखेलमा आयोजित ल्होसार समारोहमा आफ्नो पहिचान झल्किने साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । गुरुङ परम्परागत भेषभुषामा सजिएर आएका तमु समुदायले तमु ल्होसारलाई थप उल्लासमय बनाएका थिए । गुरुङको इतिहास र संस्कृति बोकेको ल्होछारलाई पहिचानको मूल कडीका रूपमा समेत लिईने गरेको छ ।

ल्होछारले समुदायमा सद्भाव सह–अस्तित्वको भावना उजागर सहित पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने काम समेत गरेको सर्वसाधरणको बुझाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तमू समूदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमू समूदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको बताएका छन ।

तमू समूदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्ने प्रतिवद्धता जनाएको छ । साँस्कृतिक तथा भाषिक समानताका लागि तमुवानको आन्दोलन भन्ने नारा सहित तमु ल्होछार मनाइएको छ । गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गरेका छन् ।