Breaking

तारिफ होइन, दिल खोलेर खबरदारी गरिदिनुहोस् – गृहमन्त्री


काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि दिल खोलेर खबरदारी गर्न अनुरोध गरेकाछन् । आफूलाई बधाई तथा शुभकामना दिनेहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद दिँदै लामिछानेले खबरदारी गरिरहन अनुरोध गरेका हुन् । उनले कानुन अनुसार हुने काममा मन्त्रीलाई नै भेट्नुपर्ने आवश्यकता नरहेको भन्दै गृहमन्त्रालयका कर्मचारीहरु काम गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेका बताए ।

अब भेटघाट, फूलमाला, खादा, गम्छाको सिलसिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको पनि बताए छन् । आफूले जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने भन्दै लामिछानेले लेख्नुभएको छ ‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकालदेखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारी हो।’