Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

गृहमन्त्रीको गलत सूचना


काठमाडौँ— सत्ता साझेदार दलको बैठक बिहीबार विहान बालुवाटारमा सम्पन्न भयो। बैठकले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा साझा कार्यक्रम तय गर्न समिति गठन भएको सूचना बाहिर आयो। यो सूचना अरु कोही नभएर सरकारका गृहमन्त्री रवि लामिछानेले दिएका थिए । बैठकपश्चात गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारको साझा कार्यक्रम समिति गठन भएको जानकारी दिए। गृहमन्त्रीको सूचना सञ्चारमाध्यमभरि छायो। तर बिहीबार बेलुका यसबारे एमालेले फरक सूचना प्रदान गर्‍यो।

एमाले महासचिव शंकर पोखरेलले समितिको संयोजकमा ओली नभई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेको जानकारी दिए। उनले सामाजिक सञ्जालमा भने, ुपुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र नेकपा (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्युनतम साझा कार्यक्रम मस्यौदा समिति गठन भएको छ। यसबाट नयाँ सरकारको काम जनअपेक्षाअनुरुप अघि बढाउन सहयोग पुग्ने नै छ ।

महासचिव पोखरेलको स्टाटसपछि साझा कार्यक्रमको संयोजक ओली वा पौडेल को हुन् भनेर झुक्किएको सामाजिक सञ्जालमा गुनासो गरिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री पौडेल रहेका छन् । पौडेल नेतृत्वको समितिले पाँच दिनभित्र सरकारका न्युनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नेछ । समितिमा सत्ता साझेदार राजनीतिक दलहरुको तर्फबाट एक-एकजना प्रतिनिधि रहनेछन् ।