Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

म्यानमार: आङ सान सुकीको सजाय थप ७ वर्ष


काठमाडौँ —म्यानमारमा सत्ताबाट अपदस्थ भएकी लोकप्रिय नेता तथा नोबेल पुरस्कार विजेता आङ सान सुकीले ३३ वर्ष जेल जीवन बिताउनुपर्ने भएको छ । उनी हालसम्म भ्रष्टाचार, कोरोना नियम उल्लंघनलगायत धेरै मुद्दामा दोषी ठहर भइसकेका छन् । सन् २०२० मा म्यानमारमा प्रचण्ड बहुमतका साथ सत्तामा आएकी आङ सान सुकीको सरकारलाई सेनाले ध्वस्त पारेको थियो । उनी २०२१ मा पक्राउ परेका थिए ।

आङ सान सुकीलाई गैरकानूनी रुपमा जेलमा राखेको भन्दै विश्वभर निन्दा भइरहेको छ । उनीमाथि भ्रष्टाचारदेखि कोरोना नियम उल्लङ्घन गर्नेसम्मका कैयौँ आरोपहरू छन् । सुकीमाथि मन्त्रीको हेलिकप्टर भाडामा लिएको भ्रष्टाचारका पाँचवटा आरोप छन्। यस मामिलामा सुकीले नियम पालना नगरेको आरोप छ । हालै, संयुक्त राष्ट्र सुरक्षा परिषदले सुकीलाई रिहा गर्न म्यानमारको जन्टालाई आग्रह गरेको छ।