Breaking

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई: चीनको पूर्ण साथ रहनेछ


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङले लिखित बधाई पठाएका छन्। नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समकक्षीको उक्त बधाई दिएका हुन् । राजदूत वाङ जिनले दिएको बधाई पत्रमा प्रधानमन्त्री खछ्याङले प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

तपाईं नेतृत्वको नयाँ सरकारले राष्ट्रिय एकता, स्थायित्व र आर्थिक तथा सामाजिक विकासमा जोड दिनेमा हामीले आशा राखेका छौँ,’ बधाई पत्रमा भनिएको छ। उनले नेपाल र चीन परम्परागत मित्र रहेको र एक अर्काको सम्मान गर्दै समान हैसियतमा दुई मुलुक अघि बढ्नुपर्ने बताएका छन् ।