Breaking

प्रधानमन्त्री प्रचण्डले छुटाएका दुई कुरा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलोपटक शुक्रबार सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनी टुँडिखेलस्थित गुरुङ समुदायको तमु ल्होसार समारोहमा उपस्थित भए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो छोटो भनाइ राख्दै शुभकामना दिए । पोडियमबाट आफ्नो भनाइ सकाएर मञ्चमा फर्किसकेका प्रधामन्त्री प्रचण्ड ‘दुईटा कुरा भन्न छुटाए छु’ भन्दै पुनः पोडियममै फर्किए ।

उनले छुटाएका दुईवटा कुरा पनि भने । पहिलो– उनले समारोहमा सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीलाई सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए । यो काठमाडौंको टुँडिखेलमा आयोजित यो समारोहको सुरक्षाका निम्ति विशेष ध्यान दिन नेपाल प्रहरीलाई म यसै मञ्चबाट निर्देशित गर्न चाहन्छु,’ उनले भने । प्रचण्डले उठाएको दोस्रो कुरा– तमु ल्होसारका निम्ति सरकारले दिने आर्थिक सहयोगसँग सम्बन्धित थियो । विगतमा आर्थिक सहयोग रोकिएको भन्दै आफूले दोब्बर गर्ने घोषणा समेत गरे ।

‘तमु ल्होसार निम्ति बिगत सरकारले पनि सम्मान र सहानुभूति स्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म पनि दोस्रो चोटी प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ । तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइने छ । र, मेलै दिने छु ।