Breaking

देउवा–प्रचण्डलाई घुमाएर ओलीको जित, यसरी खेल्दैछन् सत्तामा, माधवसँग ओलीको निकटता


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत दुईबर्षयता निकै कष्टप्रद संघर्ष गरे । सहकर्मीबाटै धोका खाएर सडकमा पछारिए । संसद र सरकारमा पार्टी नील बन्न पुग्यो । तर हरेक मुद्धामा ओली नै राजनीतिक लडाइँको मियो बन्ने सफल भए । अहिले आएर फेरि एकपटक राजनीतिलाई आफ्नै दिशामा अघि बढाएका छन् । जुन ओलीको जित बनेको छ ।
वितेको दुईबर्षयता नेपाली राजनीति कसैले जित्यो भने त्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् ।

प्रचण्ड–माधवको पेलाईलेझण्डै तेल बनेर निस्किएका ओलीले पहिले आफुलाई जोगाए । त्यसपछिसडकछाप बनाउने हुंकार सहेको पार्टी जोगाए, भर्खरै सम्पन्न निर्वाचनमा एमालेको अस्तित्व जोगाए । अहिले घुमिफिरी रम्जाटारकै शैलीमा राजनीतिको कमाण्ड आफ्नै कोर्टमा ल्याएका छन् ।

दुईदुई पटकको संसद विघटनमा हारेका ओलीले गठबन्धनको टक्कर सहेर पार्टीलाई दोस्रो बनाएपछि विपक्षीले त्यतिबेलै हार खाएका थिए । तर पहिलो दललाई विस्थापित गर्दै तेस्रोलाई प्रथम बनाउने गरि चालेको कदम नै अहिलेको मियो बनेपछि ओली पुनः एकपटक शक्तिकेन्द्र बनेका छन् । त्यतिमात्रै होइन, गठबन्धन नै उनको इशारामा चल्ने गरि बिहिबार बिहान बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रमको संयोजक नै ओलीलाई बनाएको छ ।

देउवा नेतृत्वको गठबन्धन कायम रहेर सरकार बनेको भए, ओलीले सत्ताको सबै गुमाउने थिए । जसरी प्रचण्ड बाहिरिएपछि अहिले देउवाले गुमाएका छन् ।तर अब ओली संघमा १० मन्त्रीसहित ४ प्रदेशको नेतृत्व, राष्ट्रपति र सभामुखसहित साढे दुई बर्षपछि प्रधानमन्त्री हुनेगरि फाइदामा छन् ।विस्तारै आफैबाट फुस्किएर छुटेका माधवलाई पनि साथमा ल्याएर पार्टी एकीकरण गर्दै पहिलो बन्ने ओलीको योजना छ । यसै अनुसार नेताहरु माधवलाई भेट्नेदेखि छुट्टीएकाहरुलाई समेट्न लागिपरेका छन् ।तथापी पार्टीभित्र सधैं फरक मत राख्नेलाई ओलीले किनाराकृत गरेका छन् । भीम रावल र घनश्याम भुसालहरुको त राजनीतिक भविष्य नै दाउमा चढाइदिएका छन् ।

आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयनलाई लिएर सुरु भएको विवादले विगतको नेकपालाई विभाजनसम्म पु¥याएको थियो । अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार भएसँगै सत्ताकै कारणले फुटेका उनीहरु सत्ताकै कारण जुटेका छन् ।दिशाहिन बनेका माधवलाई यही घानमा नआई सुख छैन । बामदेव गौतमसम्म बरालिएका नेताहरु ओलीको समीकरणका लागि तयार हुँदैछन् ।योभन्दा ठूलो राजनीतिकजित त, सत्ता संघर्षको खेलमा कांग्रेसलाई बाहिर राखेर प्रचण्ड प्रधानमन्त्री हुँदाएमाले र ओलीलाई मिलेको छ ।

किनकि कांग्रेस नेतृत्वको गठबन्धन भत्काउने चाहना एमालेको भविष्यसँग जोडिएको पुरानो चाहना हो । जसमा अब ओली सफल भएका छन् । भोलि सत्तामा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविहरुको चलखेल बढी भए निकाल्नेसम्मको ताकत पनि ओलीकै हातमा गएको छ ।