Breaking

शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै, योग्य शिक्षक नपाएको गुनासो


काठमाडौँ — शक्षाविद्हरुले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् । उनीहरुले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता नपाइएको भन्दै गुनासो गरेका छन । नेपालको शिक्षा प्रणालीलाई लिएर शिक्षा विद्हरुले नै प्रश्न उठाएका छन । उनीहरुले शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको गुनासो गरेका छन् ।

नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता नपाइएको भन्दै उनीहरुले सरोकारवाला समक्ष गुनासो गरेका छन । विज्ञहरुले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको बताए । कार्यक्रममा मागेजति शिक्षक नपाएको भन्दै सरकार यसप्रति गम्भीर बन्नुपर्ने भन्दै ध्यानाकर्षण गराईएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभइ एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताए । उनले विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र पमिार्जन गरी योग्यता पुगेका शिक्षकहरुबाट गुणस्तरीय शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकहरुलाई प्रशिक्षण दिन आवश्यक भएको बताएका थिए । उनले विकासिल देशहरुमा शिक्षकहरुलाई योग्य बनाउनका लागि सरकारले विभिन्न शैक्षिक तालिमहरु दिने गरेको तर नेपालमा भने आवश्यक तालिमहरु हुन नसकेको गुनासो गरे । यस्तै शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाइलेखाइको तौरतरिकाहरुमा पनि सुधार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गरे । उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकहरुमा गुणस्तर हुन नसकेको बताए । यस्तै नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको उनको भनाई थियो ।

कार्यक्रममा शिक्षाविद्हरुले विश्वविद्यालयहरुले गर्ने कामहरुमा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताएका थिए । यस्तै विश्वविद्यालयका पदाधिकारीहरुले नै गर्नसक्ने कामलाई नगरेर अरुको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्नेतर्फ शिक्षा विद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन ।